काठमाडौँ । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएका छन् । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले जानकारी दिए । तीमध्ये केहीको अवस्था गम्भीर रहेको कुवेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
दूतावासका अनुसार घटना सार्वजनिक भएपछि राजदूतसहितका कर्मचारीले तुरुन्त विभिन्न अस्पताल पुगेर उपचाररत नेपालीहरूको अवस्थाबारे जानकारी लिएका छन्। दूतावासले कुवेतको स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालसँग निरन्तर सम्पर्कमा रहँदै उचित उपचारका लागि समन्वय गरिरहेको जनाएको छ । दूतावासले मृतकप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन दूतावासे विशेष आग्रह गरेको छ ।
