SONSIK को २२औं कार्यसमितिमा किरण सुवाल नेतृत्वमा, विद्यार्थी हितमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

कोरियाअपडेट

सोमित अधिकारी 

सौल/ दक्षिण कोरिया ।

दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको छाता संगठन, नेपाली विद्यार्थी समाज (SONSIK) को २२औं वार्षिक साधारण सभा गत १६ अगस्टमा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। सभाबाट मोक्पो नेशनल युनिभर्सिटीका किरण सुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

नव–निर्वाचित समितिले विद्यार्थी हित, शैक्षिक सहयोग, भाषा तथा सांस्कृतिक कार्यक्रम प्रवर्द्धन, र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचित पदाधिकारीहरू

  • सभापति : किरण सुवाल (Mokpo National University)
  • उप–सभापति (सउल, गाङडवन्, ग्याङ्जू क्षेत्र) : राजन थापा (Sungkyunkwan University)
  • उप–सभापति (छुङनाम, छुङबुक क्षेत्र) : अंकित बेल्बासे (Chungbuk National University)
  • उप–सभापति (जलनाम, जल्लाबुक, जेजू क्षेत्र) : प्रवेश बनियाँ (Gwangju Institute of Science and Technology)
  • उप–सभापति (ग्याङसाङनाम, ग्याङसाङबुक क्षेत्र) : सोनाम शेर्पा (Kyungsung University)
  • सचिव : बोस बहादुर तामाङ (Chonnam National University)
  • सह–सचिव : अमृत थापा (Jeju National University)
  • कोषाध्यक्ष : शिवकुमार भण्डारी (Keimyung University)

सदस्यहरू : अन्जली नेपाली (Semyung University), सेफिना ग्वाछा (Keimyung University), तिलोक विश्वकर्मा (Jeju International University), सुस्मा स्याङतान Ulsan University), प्रभा राउत (Seojeong University)

सभापति किरण सुवालले निर्वाचित समितिको तर्फबाट आफ्नो मन्तव्य दिँदै “SONSIK ले अवको कार्यकालमा विद्यार्थीको शैक्षिक उन्नति, सांस्कृतिक पहिचान र आपसी एकतालाई अझ सशक्त बनाउन प्रतिबद्ध रहने बताए

नयाँ कार्यसमितिले शैक्षिक सहयोग कार्यक्रम, भाषा तथा संस्कृतिको प्रवर्द्धन, सामाजिक उत्तरदायित्व अभिवृद्धि र नेपाल–कोरिया विद्यार्थी समुदायबीच आपसी सम्बन्ध मजबुत पार्ने योजनालाई प्राथमिकतामा राखेको छ।