काठमाडौं । नेपाल सोतोकान कराते संघको काभ्रेपलाञ्चोक जिल्ला फलामे साँघु वडा नं २ मा अवस्थित श्री लक्ष्मीनारायण मा.विमा प्रथम वेल्ट ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङ कार्यक्रममा उल्लेख्य रुपमा कराते खेलाडिहरुको सहभागीता रहेको थियो । संघका ब्ल्याकबेल्ट कमिटिका संयोजक निर्मल स्याङ्तानको संयोजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि फलामे साँघु वडा नं २ का वडाध्यक्ष हस्तमान लामा, विद्यालयका प्रधानाध्यापक काजीमान लामा तथा नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठ, खेलप्रेमी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडामा कराते खेललाई निरन्तरता दिने उद्देश्यका लागि वडा अध्यक्ष हस्तमान लामाले एक लाख सहयोग दिने तथा प्रशिक्षकको रुपमा त्यहाँ रहने धनेन्द्र श्रेष्ठालाई विद्यालयले आवास सुविधा उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो । 

