विपक्षिको विरोधकाबीच भूमिसम्बन्धी विधेयक पारित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार (भदौ ५) भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि विधेयक पारित गरिएको बताइएको छ । नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार (भदौ ६)सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए । माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् । बाँकी सांसद भने हस्ताक्षरका निम्ति बैठककक्षमै बसिरहेका छन् ।