काठमाडौं ७ भदौ । छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा बिभिन्न बिद्यामा कलाकर्मीहरु सम्मानित भएका छन् । १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारिका घिमिरे, गायिका अञ्जु श्रेष्ठ लगायतलाई छायाँछबि तीज नारी सम्मानबाट विभूषित गरियो । लोकप्रिय गायिका गीता भट्टराईको रेलको साँचो रेलैले भाँच्यो, माया जालमा परें, भुल्न गाह्रो भो, ए ठूले लगायतका दर्जनौं गीतहरुले उनलाई सफलताको शिखरमा पुराउन मद्दतमात्र गरेनन् बिभिन्न सम्मान र अवार्ड दिलाउन समेत सफल भयो । लोकप्रिय दोहरी गायिका गीता भट्टराईको केही समय पहिले सार्वजनिक भएको गीत ‘नवलपुरे कान्छी’ को चर्चा अझै भइरहेको छ ।
यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरिएको छ । जसमा यस पटक यो सम्मानबाट अमेरिका बोस्टर्न निवासी गायिका शुशीला वस्नेत तिमिल्सीनालाई प्रदान गरियो । यस किसिमका सम्मानहरु आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिएवापत सम्मानित गरिएकोे आयोजक छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।