तमू धीं दक्षिण कोरियाको ११औं महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

कोरियाअपडेट

रमेश सिवाकोटी

सौल/ दक्षिण कोरिया ।

तमू धीं दक्षिण कोरियाद्वारा आयोजित ११औं महाधिवेशन आइतबार भव्य रूपमा सौलमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सर्वसम्मत निर्णयअनुसार तेज बहादुर गुरुङ नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्।

कार्यसमितिको अन्य पदाधिकारीहरू यसप्रकार छन् :

  • प्रथम उपाध्यक्ष : याद बहादुर गुरुङ (Y.B.)
  • उपाध्यक्ष : सवनम गुरुङ, सरोज गुरुङ, रेशमलाल गुरुङ, जमन सिंह गुरुङ
  • महासचिव : सुनिल गुरुङ
  • सचिव : सन्तोष गुरुङ, लिलू गुरुङ
  • कोषाध्यक्ष : उर्मिला गुरुङ
  • सह–कोषाध्यक्ष : सृजना गुरुङ

त्यस्तै, सदस्यहरूमा रन्जित गुरुङ, कृतिका गुरुङ, चन्द्र बहादुर गुरुङ, प्रभा गुरुङ, मनोज गुरुङ, दिल्ली गुरुङ, भुवन गुरुङ र सरोज गुरुङ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष तेज बहादुर गुरुङले आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्दै सम्पुर्ण तमुहरुको हकहित र संगठनको सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

महाधिवेशनमा बिबिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति  समारोहमा सहभागिलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै सफल कार्यकालको अपेक्षा व्यक्त गरेका छन्।