दिल्लीमा तीज विशेष कार्यक्रम : प्रमुख अतिथि बालकृष्ण पाण्डेद्वारा प्रवासी नेपालीका समस्या समाधानमा जोड

प्रवास वैदेशिक रोजगार समाचार

दिल्ली, भारत / नेपाली जनसम्पर्क समितिद्वारा आयोजित तीज विशेष कार्यक्रम तथा स्वर्ण वर्षको अवसरमा प्रमुख अतिथि बालकृष्ण पाण्डेले प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
३७ वर्षदेखि प्रवासी नेपाली समुदायसँग सक्रिय पाण्डेले भारतमा रहेका नेपालीहरूले भोगिरहेका रोजगार, शिक्षा, स्वास्थ्य, कागजात तथा सामाजिक पहिचानसम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो,
“यी समस्या व्यक्तिगत मात्र होइनन्, यो दुई देशबीचको सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषय हो। नेपाल सरकार र भारत सरकारले मिलेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ।”
पाण्डेले हाल नेपालले भोगिरहेका राजनीतिक अस्थिरता, आर्थिक चुनौती र युवा पलायनका विषयमा समेत चर्चा गर्दै प्रवासी नेपालीलाई निराश नहुन आग्रह गर्नुभयो। “नेपालमा समस्या छन्, तर हामी निराश हुनुपर्ने कारण छैन। हामी प्रवासमै रहेर पनि देशको विकासमा ठूलो योगदान दिन सक्छौँ,” उहाँले भन्नुभयो।
कार्यक्रममा उहाँले नेपाली जनसम्पर्क समितिको स्वर्ण वर्षको शुभकामना दिँदै समितिको ऐतिहासिक योगदानको प्रशंसा गर्नुभयो। साथै, उत्तर भारत क्षेत्रीय समितिले एक वर्षमा गरेको उल्लेखनीय कार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नयाँ योजना सहित अझै प्रभावकारी रूपमा काम गर्न सुझाव दिनुभयो।
पाण्डेले भविष्यका लागि केही प्रस्तावहरू पनि अघि सार्नुभयो —
• प्रवासी नेपाली सहायता कोष स्थापना,
• शिक्षा तथा छात्रवृत्ति सहयोग,
• स्वास्थ्य उपचारका लागि सहकार्य,
• कागजात सहायता कक्ष,
• र सांस्कृतिक संरक्षण अभियान।
उहाँले तीज पर्वलाई एकता, मिलन र आशाको पर्वका रूपमा व्याख्या गर्दै प्रवासमै भए पनि नेपालीहरूले आफ्नो संस्कृति सुरक्षित राख्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी दिदीबहिनीहरूले गीत, नृत्य र व्रतमार्फत तीजको सांस्कृतिक महत्व प्रस्तुत गरेका थिए। उपस्थित जनसमुदायले पर्वलाई आत्मीय मिलन र खुशी बाँड्ने अवसरका रूपमा मनाए।
अन्त्यमा, प्रमुख अतिथि पाण्डेले सम्पूर्ण समुदायलाई तीज पर्वको मंगलमय शुभकामना दिँदै नेपाल–भारत मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि  दूतावासका प्रतिनिधि तथा नेपाल प्रहरीका SSP श्री प्रकाश मल्ल विशेष अतिथि भएर सहभागी हुनुभयो। उहाँले महामहिम राजदूत शंकर शर्माको सन्देश सुनाउँदै दूतावास प्रवासी नेपालीको सेवामा सधैं तत्पर रहेको र नेपाल–भारत सरकारसँग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
महामहिम राजदूत प्रमुख अतिथिको रूपमा उपस्थित हुने योजना भए पनि व्यस्तताका कारण आउन नसकेको र आफ्नै प्रतिनिधि पठाउनुभएको जानकारी दिइयो।
कार्यक्रममा प्रवासमै चार दशकभन्दा बढी समय सक्रिय रहँदै नेपाली समुदायको हितमा योगदान पुर्‍याउँदै आएका बालकृष्ण पाण्डे जस्ता अनुभवी व्यक्तित्वलाई प्रवासी समाजका लागि सौभाग्यस्वरूपको अभिभावकका रूपमा उल्लेख गरियो।
तीज पर्वको अवसरमा प्रवासी नेपालीबीच एकता, संस्कृतिको जगेर्ना र सहयोगी भावना अझै मजबुत हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिइयो।
नेपाली जनसम्पर्क समितिको स्वर्ण वर्ष – बाषिक भेला विशेष तीज उत्सव तथा सांस्कृतिक कार्यक्रम २०२५  सम्पन्न भएको छ।
नेपाली जनसम्पर्क समितिको गौरवपूर्ण स्वर्ण वर्ष अवसरमा, नेपाली जनसम्पर्क समिती उत्तर भारतको आयोजनामा       श्रीमती नन्दनी कुमारी न्यौपानेज्यूको
अध्यक्ष कार्यक्रम सञ्चालक महासचिव दयाराम रोकायाज्यू ले गरेको कार्य  २४ अगस्ट २०२५ भाद्र १० २०८१ को भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ।
यश कार्यक्रम मा  प्रमुख अतिथि श्री बालकृष्ण पाण्डे अध्यक्ष नेपाली जनसम्पर्क समिती भारत एबम नेपाली काङ्ग्रेस पुर्ब  केन्दिय आमन्त्रित  सदस्य हुनुहुन्थ्यो बिशिस्ट अतिथि श्री श्री प्रकाश मल्ल (SSP, नेपाल प्रहरी)  ,श्री रबिन्द्र राज भण्डारी (Political Counsellor) ,श्री रबिन्द्रजङ थापा (Economics Counsellor), एभरेस्ट चेम्बर अफ कमर्सका महासचिव श्री मोहन कार्की , साउथ एसिया युनिभर्सिटीका प्राध्यापक श्री युब राज पोखरेल ,नेपालबाट जनप्रतिनिधि , महासमिति सदस्य नेका जनसम्पर्क समन्वय बिभाग सदस्य श्रीमती सुनिता कुँवर, श्री देबाखर भुशाल, श्री सुन्दर न्यौपाने नेजस मलेसियाका स्थापक नेपाली जनसम्पर्क समिती भारतका उपाध्यक्ष श्री कृष्ण पाण्डे , अनुशासन समिति संयोजक  टेकराज  पोखरेल, कोषाध्यक्ष जनक गिरि, महासमिति सदस्य पूर्व अध्यक्ष जनप्रतिनिधि सुनिता जिसी कुँवर  सहमहामन्त्री लक्ष्मण पाण्डे   तरुण विभाग प्रमुख लालित  जिसी  केन्द्रीय सदस्य नरदेव कुँवर  , केन्द्रिय सदस्य सीता अधिकारी ,  डाइरेक्टर जबर गुरुङ   पत्रकार विजय थापा उत्तर भारतका उपध्यक्ष नरहरि घिमिरे उपध्यक्ष बलबहादुर सिटौला कोषाध्यक्ष बाबुराम अधिकारी  संगठन सचिब जबिलाल ,शिक्षा सचिब करण बुढा  पूर्व उपाध्यक्ष केशवराज उपाध्याय

भारतका विभिन्न संघ–संगठनका प्रतिनिधि, विद्यार्थी, शाखा अध्यक्ष सचिब दिदिबहिनी आमाहरु सहित  करिब ५९० जनाको उपस्थितिमा विशेष दरखाने कार्यक्रम नाच गान कार्यक्रम बर्षिक भेला सप्पन्न भएको छ।
जनसम्पर्क समिती उत्तर भारतका कलाकार  बन्दना भुसाल
रोमा पाण्डे ,सञ्जना भुसाल ,सोनिया परियार,हिमानी भुसाल, हेमा मल्ल ,द्वरा  निर्त्य कार्यक्रम देखाउनु भएको थियो ।