रमेश सिवाकोटी
सउल, दक्षिण कोरिया ।
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा भदौ ८ गते (अगस्ट २४, २०२५) सउलमा सम्पन्न सुपा देउराली तीज विशेष कार्यक्रम २०२५ उत्साहपूर्ण र भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एनसीसी कार्यवाहक अध्यक्ष श्री हर्क बिष्टज्यू रहनुभएको थियो भने, कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री रुद्र अध्यक्ष रुद्र पौडेलज्यू ले गर्नुभएको थियो। कार्यक्रमको संयोजकका रूपमा श्री बाबुराम पोखरेलज्यू रहनुभएको थियो भने सह–संयोजकको जिम्मेवारी श्री मिनल केसीज्यूले निर्वाह गर्नुभएको थियो। सो कार्यक्रम संस्थाका श्री सचिव नारायण भण्डारीज्यूले सफलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरूले विविध प्रस्तुति दिएर माहोललाई रमाइलो र सांस्कृतिक बनाए। विशेषगरी गायिका अनिता विश्वकर्मा ज्यू, गायिका गीता चनाराजज्यू गायक रिदम गैरेज्यू लगायतका कलाकारहरूले ले तीजका मधुर गीत प्रस्तुत गरेर सम्पूर्ण हल तताएका थिए।
सहभागीहरूको उत्साहलाई झन् बढाउने गरी लक्की ड्र आयोजना गरिएको थियो।
यसै अवसरमा सहभागीलाई नेपाली मौलिक संस्कृतिका दरका परिकारहरू (अचार, मासु, तरकारी आदि) खुवाइयो, जसले प्रवासी भूमिमा घरको स्वाद र नेपालीपनको झल्को दिएको थियो।
प्रमुख अतिथि बिष्टज्यू, सभापति पौडेलज्यू mtu अध्यक्ष उदय राईज्यू लगायत अन्य अतिथिहरूले मन्तव्य राख्नुभयो। र अध्यक्ष राईज्यूले आफ्ना मन्तव्यमा प्रवासी भूमिमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सहकार्यलाई बलियो बनाउन यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। यस कार्यक्रममा SBI Cosmoney Remit ले स्पोन्सर प्रदान गरेको थियो। कार्यक्रममा दर्जनौं संख्यामा नयाँ व्यक्तिहरूले रजिस्ट्रेशन गरेका थिए। तीमध्ये एक जनालाई चिट्टा मार्फत बम्पर उपहार प्रदान गरिएको थियो।
कार्यक्रमकै अवसरमा आउँदो छुसक पर्वका अवसरमा आयोजना हुने ‘लुम्बिनी सांगीतिक महोत्सव’ को पोस्टर तथा ब्यानर सार्वजनिक गरिएको थियो।
सयौँ नेपालीहरूको उत्साहजनक सहभागिता रहेको सुपा देउराली तीज विशेष कार्यक्रम २०२५ प्रवासी भूमिमा नेपालीपन, एकता र संस्कृतिको जगेर्नाको अविस्मरणीय भेला बनेको छ।
कार्यक्रममा उपस्थित कार्यसमिति सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, संरक्षकज्यू लगायत सम्पूर्ण सहयोगी एवं शुभेच्छुक महानुभावप्रति मञ्च तथा सम्पूर्ण आयोजक टिमले हृदयपूर्वक धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रमलाई भव्य र सफल बनाउन यहाँहरूको गरिमामय उपस्थितिदेखि लिएर निरन्तर सहयोग र प्रेरणाले महत्वपूर्ण योगदान पुर्याएको भन्दै आयोजक पक्षले विशेष आभार प्रकट गरेको छ।
