सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ । १९ भदौदेखि कार्याभार सम्हाल्नेगरी उनको नियुक्ति भएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो। खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। हालका महानिरीक्षक दिपक थापाले १८ भदौमा अवकाश पाउने भएपछि खापुङ नियुक्त भएका हुन्।
खापुङ हालका प्रहरी महानिरीक्षक दिपक थापासँगै इन्सपेक्टर भर्नामा आवेदन दिएकोमा नियुक्तिपत्र भने पाँच महिनापछि मात्र पाएकाले ३० वर्षे सेवाहद बाँकी रहँदा आइजिपी बन्ने अवसर पाएका हुन् । उनले २७ कात्तिक २०८२ सम्म प्रहरीको नेतृत्व गर्नेछन्।

