एशियन प्रतियोगितामा सहभागी हुन, कराते टोली चीन प्रस्थान”

खेलकुद समाचार

काठमाण्डौ १७ भाद्र मंगलवार,
२३ ओै एशियन क्याडेट,जुनियर तथा यु-२१ कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली आज मंगलवार मित्र राष्ट्र चीन प्रस्थान गरेकोछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अग्रिम सफलताको शुभकामना सहित,सोमवार वधाई दिदै विदाई गर्नुभयो ।

विदाई कार्यक्रमलाई सम्वोधन गर्दै सदस्य-सचिव घिसिङले अफिशयल एशियन प्रतियोगिता भएकोले राष्ट्रका निम्ति पदक दिलाउने खेलाडीहरुले नियमावलीमा उल्लेख भए वमोजिम,नगद पुरस्कार प्राप्त गर्ने समेत वताउनुभयो ।

विदाई कार्यक्रमलाई सम्वोधन गर्दै,नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्गले,यो प्रतियोगिता निर्धक्क भई उच्च मनोवलका साथ प्रतिस्पर्धा गरी,राज्यको नाम कराते खेलको माध्यमवाट चम्काउने फेरी एक पटक सुनौलो अवशर आएकोले,यो सनौलो अवशर सदुपयोग गर्न सवै खेलाडीहरुलाई निर्देशन गर्दै,अग्रिम वधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

यही सेप्टेम्बर ५ देखि ७ तारिखसम्म चीनमा हुने उक्त प्रतियोगितामा
प्रतिसपर्धा गर्ने पुरुष तर्फ ६७ केजीमुनि प्रदीप बइजाली मगर,५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ केजीमुनि सन्दिप तामाङ,७६ केजीमाथि निगम तिम्सिना र एकल कातामा रेहान जावेद रहेकाछन ।

त्यसैगरी महिला तर्फ ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पा रहेकाछन । महासंघका सदस्य राजेन्द्र वराल को नेतृत्वमा प्रस्थान गर्ने टोलीमा ९ खेलाडीहरु रहेकाछन । यस अघिनै रेफ्री,कोच एग्रिगेशन लागि कोच तथा रेफ्री सेमिनारमा भाग लिन टिम प्रशिक्षक कुशल श्रेष्ठ सहित १० जना टोली रेफ्री कमिशन प्रमुख प्रकाश मोहन धौवडलको नेतृत्वमा त्यस तर्फ प्रस्थान गरिसकेकाछन ।

विदाई कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग,उपाध्यक्ष मजिन्द्र सिह,सदस्य प्रेमलाल वमजन,प्रवक्ता गजेन्द्र वहादुर खपाङगी,प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ,राष्ट्रिय टिमका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ,प्रशिक्षक राम थारु,सानुभाई लामा,महासंघ तथा संघका पदाधिकारीहरु,काठमाण्डौ जिल्ला कराते महासंघका अध्यक्ष ज्ञान वहादुर जिम्वा, काठमाण्डौ जिल्ला सितोरियो कराते संघका अध्यक्ष शिवराम कारन्जित, अभिभावकहरु,करातेकर्मी लगायतको उपस्थिति रहेको थियो ।