एशियन च्याम्पियनसिपमा जावेदलाई काँस्य पदक

खेलकुद समाचार

काठमाडौं । चीनको साओगनमा सम्पन्न अण्डर २१ एकेएफ कराते च्याम्पियनसिपमा रेहान जावेदले काँस्य पदक जित्न सफल भएका छन् । जावेदले जुनियर क्याडेट व्यक्तिगत काता तर्फ नेपाललाई कास्य पदक दिलाउन सफल भएका हुन् । एशियन च्याम्पियनसिपमा जुनियर काता तर्फ नेपालले जितेको यो ऐतिहासिक पदक पनि हो । जावेद नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरका खेलाडि हुन् ।