काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ । ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ स् ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ स् ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ।
साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने छ । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ ः ११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
