राप्ती समाज दक्षिण कोरियाको सातौँ अधिवेशन सम्पन्न, किशन ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित

कोरियाअपडेट समाचार

रवि पराजुली

सौल/दक्षिण कोरिया ।

राप्ती समाजको नयाँ अध्यक्षमा किसन ओली ।

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन आइतवार दोङदेमुनमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष अमृत केसीकाे सभापतित्व एबम एनसिसी दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

सातौं अधिवेशनले आगामि कार्यकालका लागि किसन ओलिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा डीबी मगर उपाध्यक्षमा गोकर्ण रेग्मी,रामेश्वर बुढामगर र महिला उपाध्यक्षमा  वर्षा भण्डारी निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा अर्जुन के.सी,सचिवमा देव के.सी र ओमप्रकाश पुनमगरलाई चयन गरिएको छ। त्यस्तै कोषाध्यक्षमा प्रकाश चन्द्र घर्तीमगर , सह–कोषाध्यक्षमा नरेश घर्तिमगर रहेका छन्।

त्यसैगरी सदस्यहरुमा हुलाश के.सी,श्रीधर ढकाल, दिलबहादुर पुन, हर्क बहादुर बुढा, दिलबहादुर डाँगी,डिल्ली के.सी,भानुभक्त ओली,शिला के.सी,पुर्णिमा घर्तिमगर,निश्चल के.सी,राम प्रकाश के.सी,पिमलाल के.सी र  गिर बहादुर बुढा चयन भएका छन्।

त्यसैगरी राप्ती समाजको आगामी कार्यकालको लागि  युवा संयोजकमा गोपाल बुढा र  महिला संयोजकमा करुणा रिजालले जिम्मेवारी प्राप्त गरेका छन्।

जिल्ला संयोजकमा दाङका लागि  सरद पाण्डे

रोल्पामा युवराज घर्ती र प्यूठान संयोजकमा प्रकाश पोखरेललाई चयन गरिएको छ। रिक्त रहेका सल्यान, पश्चिम र पूर्वी रुकुम जिल्ला संयोजकको पदपूर्ति आगामि कार्यसमितिको बैठकले गर्ने वताइएको छ।

अधिवेशन सत्रमा बोल्ने वक्ताहरुले राप्ती समाज दक्षिण कोरिया लामो इतिहास र गौरव बोकेको संस्था भएको बताउँदै यस संस्थाले गरेको योगदान र सामाजीक कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका जितेन्द्र महता,प्रवासी नेपाली मन्चका अअन्जन राई,नेपाली जनप्रगतिशिल मन्च का जिवन खतिवडा,गण्डकि प्रदेश समाज द कोरिया नर कुमार गुरुङ,कर्णाली प्रदेश समाज द कोरियाका धर्मराज तिवारी, लुम्बिनी प्रदेश समाज द कोरियाअध्यक्ष हिमाल खनाल ,”एन आर एन एका  पूर्व अध्यक्ष-लक्ष्मि गुरुङ, राप्ती समाजका संरक्षक बिरकुमार ओली लगायतकाले आफ्नो भनाई राखेका थिए।

कार्यक्रममा बिभीन्न व्यक्तिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन महासचिब वायु पौडेलले गरेका थिए।