काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कोषाध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष, आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने आफ्नो प्रमुख काम भएको बताउनुभएको छ । यस अघिभन्दा सचिवालयको खर्चमा मितव्ययिता ल्याउनेमा पनि पहिलो प्राथमिकता आफ्नो रहेको बताउनुभएको छ ।
बागलुङ जन्मिएर पर्वतको कुश्मामा हुर्किनुभएका श्रेष्ठ अध्ययनका सिलसिलामा २५ वर्षअघि जापान पुगेर डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल हुनुहुन्छ ।
