जय राई
दक्षिण कोरिया
KP बा आइ लभ यु भन्ने हाम्रै पुस्ता हैन र ?
YCL, युवा संघ र नेबि संघमा लागेर नेताहरुको
जय जयगान गर्ने पनि हाम्रै पुस्ता हो ।
आफ्ना नेताले जति नै भ्रष्टचार दमन र अत्याचार गरे
पनि नदेख्ने हाम्रै पुस्ता हो ।
२ लिटर पेट्रोलमा बिक्ने पुस्ता हो हामी ।
देशलाई सत्तोसराप गरेर राहदानी च्यापी
विदेश हिड्ने पनि हामी हौ ।

हाम्रै कायरपनले कलिला भाइहरु आज सहिद भएका छन ।
हामीले १२/१५ बर्ष अगाडि नै यस प्रकारको साहस गर्न सकेको भए आजका GEN Z भाइहरुको जीवन केही हद सम्म राम्रो हुन्थ्यो कि?
उनीहरु लाई देशको माया थियो ।उनीह्हरु लडे ।
त्यही बलिदान बाट प्राप्त उपलब्धि लाई अपव्याख्या र मानमर्दन
गर्ने हैसियत कसले दियो हामी लाई ??
कुशासन र भ्रष्टचार विरुद्ध लडेर राजनैतिक परिवर्तन गर्न सक्ने साहसी GEN Z पुस्तालाई प्राप्त उपलब्धि कसरी सस्थागत गर्ने भन्ने विवेक र चेतना पक्कै पनि होला।
ऐतिहासिक GEN Z सफल क्रान्ति लाई अपव्याख्या र अपमान गर्ने काम कोही कसैले नगरौ ।
पुन: GEN Z सहिदहरु प्रति हार्दिक श्रध्दाञ्जलि ।
(अहिले लाई यति नै)
