सफाइमा कामपाको सक्रियता

समाचार

 

काठमाडौँ | ३१ भदौ : काठमाडौँ महानगरपालिकाले सफा शहर राख्नका लागि पाँच ठूला यन्त्र (जेट मेशिन)

सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनप्रति

जिम्मेवारीवोध गर्ने हो भने थोरै उपकरणले पनि शहरलाई दिगो रूपमा सफा राख्न सकिने बताउनुभयो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकले महसुस गर्ने गरी सफा शहर बनाउन हतार भइसकेकालेकाम गर्ने

शैलीमा पनि केही परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । युरो मापदण्ड ४ बमोजिमका जेट मेशिन पाँच हजार लिटर

क्षमताका छन् । । त्यसमा चार हजार लिटर सफा पानी र एक हजार लिटर ढलको फोहर पानी अट्ने छुट्टाछुट्टै ट्याङ्की

छन् । ढल तानेर सानो ट्याङ्कीमा राखिन्छ भने ठूलो ट्याङ्कीमा भएको सफा पानीबाट फोहर भएको ठाउँमा सफाइ

गरिन्छ । सो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहर तान्न र अर्को जेट सफा गर्न जानुपर्ने

छैन ।

जेटमा भएको स्प्रेगनले बिरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ । वडाध्यक्षको

अगुवाइमा वडा क्षेत्रमा र केन्द्रको अगुवाइमा उक्त यन्त्रबाट पहिलो पटक रत्नपार्क, रानीपोखरी, बागबजार, पुतलीसडक,

भृकुटीमण्डपमा सफाइ गरिएको छ । अघिल्लो साल वैशाखमा स्थानीय तहको निर्वाचनका समयमा जनप्रतिनिधिको पहिलो

प्रतिबद्धतामध्ये सुन्दर र सफा शहर पनि थियो ।