ङग्युर मेमेरियल स्कुलमा सितोरियो कराते ग्रेडिङ सम्पन्न

खेलकुद

काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो ङग्युर मेमोरियल स्कुलमा जुनियर दिक्षान्त तथा ग्रेडिङ सम्पन्न भएको छ । चन्दागिरि वडा न ६ स्थित स्कुल परिसरमा आइतबार आयोजित जुनियर दिक्षान्त कार्यक्रममा डोजोमा प्रशिक्षण लिइरहेका करिव १ सय ५० कराते खेलाडि ह्वाइट बेल्टबाट अरेन्ज तथा ग्रिन बेल्टमा दिक्षित भएका थिए । दिक्षित प्रशिक्षार्थी हरुलाई प्रमुख अतिथि एवं नेपाल कराते महासंघका महासचिव एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ तथा करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले बेल्ट तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय सदस्य मधु लामा, पुर्व केन्द्रीय सदस्य एवं लैनचौर डोजोका प्रमुख प्रशिक्षक राम कुमार थारु, एथलेटिक्स प्रशिक्षक रमेश सुनार, कराते प्रशिक्षक योगेन्द्र कोईराला, सिताराम लामा, मनोज खड्का, सरोज लामा, राष्ट्रिय खेलाडि एलिना थिङ, स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।