काठमाडौं । नेपाल सितोरियो कराते संघ लैनचौर डोजोले स्थापनाको २७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा एशियन कराते च्याम्पियनसिप २०२५ मा ऐतिहासिक कास्य पदक जित्न सफल खेलाडि रेहान जावेदलाई लैनचौर डोजोले सम्मान गरेको छ। उनले चीन भएको एकेएफ यु २१ कराते च्याम्पियनसिपको जुनियर काता तर्फ कास्य पदक जित्न सफल भएका थिए। डोजोका संस्थापक अध्यक्ष राम कुमार थारुले नगद १० हजार र सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रमकै अवसरमा खेलाडिहरुको ग्रेडिङ तथा दिक्षान्त समेत गरिएको थियो । सो अवसरमा ४८ जना प्रथम डान ब्ल्याक बेल्ट, १० जनाले दोस्रो डान तथा २ जना खेलाडि तेस्रो डान प्राप्त गर्न सफल भई दिक्षित भएका थिए । दिक्षित भएका खेलाडिलाई नेपाल सितोरियो कराते संघका पुर्व केन्दूीय सदस्य समेत रहेका डोजोका संस्थापक राम कुमार थारु, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मधु लामा, सितोरियो करातेका केन्द्रीय सदस्य ज्ञानबहादुर तामाङ (जिम्बा) डोजोका अध्यक्ष लक्ष्मण खड्काले संयुक्त रुपमा प्रमाण पत्र तथा बेल्ट हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा डोजोबाट विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई समेत सम्मान गरिएको थियो ।

