आज बिहीबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । उनले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको हो । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछिन् । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
