“करातेमा ऐतिहासिक सफलता”दशैको रमझममा थप खुशियाली,

खेलकुद
खपाङगी माईलो,

काठमाण्डौ,असोज १८ शनिवार,करातेकी सफल खेलाडी हिमालयन वारियर एरिका गुरुङगले मलेशियामा ऐतिहाशिक स्वर्ण पदक राष्ट्रलाई दिलाएकी छिन । गुरुङगले मलेशियाको क्वालाम्पुरमा यही अप्रिल ३–४ मा सन्चालन भईरहेको WKF कराते सिरिज-१, मा हिजो असोज १७ शुक्रवार भएको प्रतिस्पर्धामा राष्ट्रलाई स्वर्ण पदक दिलाएकी हुन ।

नेपालीहरुको महान पर्व वडा दशैको रमझम र दशै आम नेपालीहरुले मनाईरहदा,क्वालालम्पुरमा करातेले हाशिल गरेको मुलुकका निम्ति ऐतिहाशिक उपलब्धिले,हामी नेपालीहरुमा अझ थप हर्ष र खुशियाली थपिदिएको छ ।

नेपाली खेल जगतमा सदा अग्र स्थानमा रहने खेल करातेले,पछिल्लो समय अर्थात २०२३ सेप्टेम्वर देखि २०२५ अक्टोवर सम्म आईपुग्दा २ वर्षको अन्तरालमा, विगत करिव ५० वर्षसम्म नेपाली करातेको ईतिहाशमा हाशिल गर्न नसकेको उपलब्धिहरु मुलुकलाई दिलाई रहेकाछन ।

यि सम्पुर्ण उपलव्धिहरु २ वर्षको अन्तरालमा हाशिल गरिरहेको सन्दर्भमा,करातेको प्रमुख नेतृत्वदायी भुमिकाप्रति गौरव गर्नुपर्ने ठाउँहरु प्रशस्त रुपमा उव्जिरहेकाछन । करातेकि सफल खेलाडी एरिका गुरुङगको अथक मेहनत,परिश्रम,लगाव र प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण कौशल्यताप्रति सदा हार्दिक बधाईका ओईरोहरु नखन्याई रहन सकिन्न ।

नेपाल कराते महासंघको २०७९ चैत्र ११ गतेको ऐतिहाशिक निर्वाचन पश्चात एक सफल खेलकुद नेतृत्व युवराज लामाको आगमन पछि, अन्तराष्ट्रिय जगतमा नेपालको नाम कराते खेलको माध्यमवाट निरन्तर रुपमा फैलाई रहेकोछ । त्यसले एक नेतृत्वको कारण संगठनमा कतिको फरक पर्छ भन्नेकुरा,सवै सामु छर्लङग पारिदिएको छ ।

स्मरण रहोस हिमालयन वारियर एरिकाले मित्र राष्ट्र चीनको हाङ्जाउमा सम्पन्न १९औं एशियाली खेलकुदमा ऐतिहाशिक रजत पदक मुलुकलाई दिलाउदै २५ वर्षपछि नेपाललाई खेलक्षेत्रमा ठुलो पदक दिलाएकी थिईन । सोही पदक संगै करातेको ईतिहाशमा उक्त पदक प्राप्त गर्ने पहिलो खेलाडी वनिन । त्यसैगरि दुवईमा सन्चालन भएको WKF कराते-१ लिगमा रजत पदक र मोरक्कोमा सम्पन्न भएको WKF कराते-१ प्रिमियर लिगमा काँस्य पदक हाशिल गरि अहिले सम्मकै कराते खेलको सवैभन्दा ठुलो उपलव्धि उनले दिलाकी छिन ।

नेपाली खेलक्षेत्रमा वेलावखत हुने खिचातनी,राजनितिकरण, व्यक्तीगत क्षिण स्वार्थ र मपाई प्रवृतीका कारण वेला-वखत करातेले भोग्नु परेको पिडा आफैमा एउटा पेचिलो र वेस्वादिलो वन्दै गईरहेकोछ । हामीकहाँ काम गर्नेहरुलाई प्रोत्साहित र थप उर्जा प्रदान गर्नुको साटो व्यक्तीवादी कुण्ठा र असन्तुष्टीहरु पोखेर सामाजिक सन्जालहरु रंग्याउने मौलाईरहेको प्रवृतीले,निरन्तर राष्ट्रका निम्ति सफल हात पारिरहेका नेतृत्व र सम्वन्धित पक्षधरहरुलाई हतोत्साहित पार्न प्रयासरत तत्वहरुका निम्ति यो ऐतिहाशिक उपलव्धि हाशिल गर्ने हिमालयन वारियर एरिका,सफल प्रशिक्षक कुशल र सफल नेतृत्व युवराज /दावा हरु गतिलो जवाफ हो भन्दा,फरक नपर्ला ।