युएईमा भिजिट भिषा सम्बन्धी नियम परिवर्तन, यस्ता छन नयाँ नियम

प्रवास मुख्य समाचार समाचार

संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नियमहरूमा महत्त्वपूर्ण परिवर्तन गर्दै केही नयाँ नियम लागु गरेको छ । नयाँ नियम लागु भएसँगै परिवार र साथीहरूलाई स्पोन्सर गर्न चाहने आप्रवासीहरूका लागि नयाँ मापदण्डहरू निर्धारण गरेको छ। यस नियमले विशेषगरी युएईमा कार्यरत नेपालीहरूको जीवन र नेपालबाट युएई भ्रमणमा आउने आगन्तुकहरूमाथि प्रभाव पार्ने देखिन्छ।

यस्ता छन् नयाँ नियमका मुख्य प्रावधानहरू :

युएईको संघीय प्राधिकरणले जारी गरेको नयाँ नियमअनुसार भिजिट भिसामा कसैलाई स्पोन्सर गर्नका लागि स्पोन्सरको मासिक आम्दानी न्यूनतम चार हजार दिरामदेखि १५ हजार दिरामसम्म हुनुपर्नेछ। यो नियमले स्पोन्सरको आम्दानीको स्रोत र पारिवारिक सम्बन्धको तहअनुसार फरक(फरक मापदण्ड तोकेको छ ।

– पहिलो तह (मासिक ४,००० दिराम) बुबाआमा, श्रीमान्रश्रीमती, र छोराछोरीलाई स्पोन्सर गर्नका लागि।

– दोस्रो तह (मासिक ८,००० दिराम) दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नातिनातिनालाई स्पोन्सर गर्नका लागि।

– तेस्रो तह (मासिक ८,००० दिराम) काकाकाकी, मामा, र कजिनहरूलाई स्पोन्सर गर्नका लागि।

– चौथो तह (मासिक १५,००० दिराम) नातेदारबाहेकका साथीभाइलाई स्पोन्सर गर्नका लागि।

युएईको संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । आवेदनकर्ताहरूले कम्तीमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ । उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई युएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।युएईमा हाल करिब तीन लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्। यीमध्ये अधिकांश मध्यम र निम्न आय वर्गका छन्। युएईको श्रम बजारमा नेपालीहरूको महत्वपूर्ण योगदान रहे पनि, धेरैजसोले माथि उल्लिखित नयाँ आम्दानीको मापदण्ड पूरा गर्न सक्दैनन्। उदाहरणका लागि, एक सामान्य सुरक्षा गार्ड वा निर्माण क्षेत्रमा काम गर्ने नेपाली कामदारको मासिक आम्दानी ४,००० दिरामभन्दा कम हुन सक्छ।