कामदार दैनिक
बरहथवा (सर्लाही),
बरहथवा नगरपालिका–९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजनामा आगामी २०८२ साल असोज २८ गते बिहान ९ बजेदेखि गंगापुर स्वास्थ्य चौकी, मुर्तियामा एक दिने आँखा शिविर सञ्चालन हुने जानकारी वडाध्यक्ष तुलसीप्रसाद लुइटेलले बताउनुभएको छ।
शिविरमा तिलगंगा आँखा अस्पताल, वाग्मतीका विज्ञ चिकित्सकहरूको टोलीले आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ।
वडाध्यक्ष लुइटेलका अनुसार, “यो शिविरमार्फत स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा आँखा जाँच गराउन सक्ने छन्। विशेष गरी दृष्टि समस्याले पीडित तथा वृद्धवृद्धाहरूका लागि यो कार्यक्रम उपयोगी हुनेछ।”
नगरवासी र आसपासका गाउँका बासिन्दालाई उक्त अवसरको लाभ लिन वडा कार्यालयले अनुरोध गरेको छ।
