काठमाडौं २९ असोज । सकृय रुपमा उत्कृष्ट भिडियो निर्माण, निर्देशन गर्दै आईरहनु भएकी निर्देशक बबिता श्रेष्ठले तिहार लक्षीत गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गर्नु भएको छ । तिहारको बेला आफ्ना दाजुभाई प्रदेशबाट नफर्किंदा घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । जसमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले जिवन्त अभिनय गर्नु भएको छ । दिनेश सुवेदीको शब्द, कमल घले र जुनु प्रसाईको स्वर, सन्तोष प्रगाढको संगीत रहेको गीतको भिडियोमा पोष्टर राजेन्द्र पुरी, सम्पादन विकास दाहाल, छायांकन मुकेश हुमागाई टिमको रहेको छ । आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको निर्देशक बबिता श्रेष्ठले बताउनु भएको छ ।
https://www.youtube.com/watch?v=lIFVrVJuems
