नेपाली कामदारहरूको दोस्रो ठूलो श्रम गन्तव्य मानिने मध्यपूर्वको देश साउदी अरबले कफाला प्रणाली केही खुकुलो बनाएको नेपाली अधिकारीले बताएका छन्।
रोजगारदाता परिवर्तन गर्न नपाउने र अनुमति बिना परिवर्तन गरे जरिबाना तिर्नुपर्ने जस्ता यो प्रणालीका व्यवस्थाका कारण कामदारहरूका श्रम अधिकार सङ्कुचित भएको विषयमा कफालाको आलोचना हुने गरेको थियो।
रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले साउदी अरबले निश्चित सहरी क्षेत्रहरूमा कफाला प्रणाली खुकुलो बनाएको बताए।
अहिले साउदी अरबले विदेशी कामदारहरूलाई सम्झौता तोड्ने, घर९एक्जिट० जाने र अर्को कम्पनीमा सरुवा जाने विषयमा केही लचकता अपनाएको छ’ उप्रेतीले भने।
ूपहिले कामदारमाथि सम्पूर्ण अधिकार कफिल (रोजगारदाता)को रहने (गर्थ्यो), कफिलले नचाहीकन उहाँहरू अन्य कम्पनीमा जान वा कतिपय अवस्थामा तलब नपाउँदा पनि कानुनी उपचार खोज्न कठिनाइ थिए। स्रोत बिबिसी
