रमेश सिवाकोटी
सौल/ दक्षिण कोरिया, २५ अक्टोबर २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको कार्यसमितिले रिक्त रहेको पदाधिकारी पदहरुमा नयाँ पदाधिकारीहरूको सर्वसम्मत चयन गरेको छ। सन् २०२५ अक्टोबर २५ मा सम्पन्न कार्यसमिति बैठकले नयाँ पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेको हो।
बैठकको निर्णयअनुसार —
- महासचिव : श्री नरेश शर्मा
- सचिव : श्री अनन्त आचार्य
- युवा संयोजक : श्री खगेन्द्र जोसी
- कार्यसमिति सदस्य : श्री सञ्जीव जंग कार्की
यी पदाधिकारीहरूलाई कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।
एनआरएनए दक्षिण कोरियाका पदाधिकारीहरूले नयाँ नेतृत्वले संघका कार्यक्रम र गतिविधिहरूलाई अझ प्रभावकारी, परिणाममुखी र समुदायकेन्द्रित बनाउने प्रतिबद्ता व्यक्त गरेका छन्।
संघले नव–नियुक्त पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरेको छ।
