भावना कार्की
सौल, दक्षिण कोरिया ।
“नेपाली फुटबलप्रेमीहरूको एकता र विकासको आवश्यकता” भन्ने मूल नाराका साथ नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आगामी १६ नोभेम्बर २०२५ आइतबारका दिन दक्षिण कोरियाको छल्लाबुक्दो प्रान्तस्थित इक्सान शहरको फुटबल मैदानमा बृहत “दोस्रो नेपाल सुपर कप २०२५” आयोजना गर्ने घोषणा गरेको छ।
नेपाल फुटबल महासंघ दक्षिण कोरिया विक्रम सम्बत २०१६ देखि कोरियामा क्रियाशील रहँदै आएको एक छाता संस्था हो, जसले प्रवासी नेपाली फुटबल क्लबहरूबीच एकता, सहयोग र खेलकुदको माध्यमबाट सम्बन्ध सुदृढीकरण गर्दै आएको छ।
यस पटकको सुपर कपमा पुरुष फुटबल प्रतियोगितासँगै महिला फुटबल खेलाडीहरूलाई प्रोत्साहनका लागि “नेपाल महिला सुपर कप फुटसल प्रतियोगिता २०२५” पनि आयोजना गरिनेछ।
आयोजकले कोरियामा रहेका सबै नेपाली फुटबल क्लबहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। साथै, खेलप्रेमी नेपालीहरूलाई मैदानमा उपस्थित भई प्रतियोगिताको सफलता सुनिश्चित गर्न हार्दिक निमन्त्रणासमेत दिएको छ।
प्रतियोगिताको मुख्य विवरण
- फुटबल टिम दर्ता मिति: ८ नोभेम्बर २०२५ (शनिबार)
- खेल तालिका प्रकाशन: ९ नोभेम्बर २०२५ (आइतबार)
- प्रतियोगिता मिति: १६ नोभेम्बर २०२५ (आइतबार)
- स्थान: इक्सान शहर, छल्लाबुक्दो प्रान्त
- दर्ता शुल्क (पुरुष टिम): ४,००,००० वान
- महिला टिम दर्ता: निशुल्क
🏆
पुरस्कार विवरण
🔹 पुरुष तर्फ:
- प्रथम पुरस्कार: नगद ₩50,00,000 + ट्रफी, पदक, प्रमाणपत्र
- दोस्रो पुरस्कार: नगद ₩25,00,000 + ट्रफी, पदक, प्रमाणपत्र
- सेमिफाइनलिस्ट: नगद ₩5,00,000
- अनुशासित टिम: नगद ₩1,00,000 + ट्रफी
- विधागत पुरस्कारहरू:
- उत्कृष्ट खेलाडी – ₩1,50,000 + ट्रफी, पदक, प्रमाणपत्र
- उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपंक्ति, अग्रपंक्ति, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक – जनही ₩1,00,000 + ट्रफी, पदक, प्रमाणपत्र
🔹 महिला तर्फ:
- प्रथम पुरस्कार: नगद ₩10,00,000 + ट्रफी, पदक, प्रमाणपत्र
- दोस्रो पुरस्कार: नगद ₩5,00,000 + ट्रफी, पदक, प्रमाणपत्र
- विधागत पुरस्कारहरू:
- उत्कृष्ट खेलाडी, गोलरक्षक, उच्च गोलकर्ता – जनही ₩50,000 + ट्रफी, पदक, प्रमाणपत्र
📞
सम्पर्कका लागि
ब्रो तमू – 010-7583-1699
राज थापा – 010-2186-0346
हेमन्त गुरुङ – 010-8821-5017
बिक्रम गुरुङ – 010-7350-8908
मिन आले मगर – 010-2315-4615
निरज जंग कार्की – 010-4475-2054
बिधान राई – 010-7578-9386
युमेस गुरुङ – 010-3017-9505
राजकुमार सुनुवार – 010-4674-8901
कमल पुडासैनी – 010-3907-2254
सरोज अधिकारी – 010-8095-9256
तेजु गुरुङ – 010-5709-2764
सन्तोष महत क्षेत्री – 010-3243-9411
डा. कमला ओली साउद – 010-8520-1136
