मंसीर ६ मा हुने’भो ओप्सना अवार्ड

मनोरन्जन
ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको फाइनल कार्यक्रम भदौ २७ गते हुने भनिएकोमा जेन्जी आन्दोलनका कारण स्थगीत गरिएको थियो । देशको वर्तमान बदलिंदो प्रस्थितिका कारण तत्काललाई स्थगीत गरिएको अवार्ड कार्यक्रम आगामी मंसीर ६ गते शनिबार चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न गरिने तयारी भैरहेको आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले जानकारी गराउनु भएको छ ।