जोसना तोलाङ्गे
सौल/ दक्षिण कोरिया ।
रोजगारीका सिलसिलामा २०१३ मा दक्षिण कोरिया पुगेका कमल न्यौपाने लामो अन्तरालपछि पुनः कलात्मक यात्रामा फर्किएका छन्। सामाजिक अभियन्ता, राजनीतिकर्मी र बहुप्रतिभाका धनी न्यौपानेले यसपटक म्युजिक भिडियो मार्फत नयाँ सुरुवात गरेका छन्।
राजनीतिक र सामाजिक यात्रापछि संगीतमा पुनः प्रवेशः
पहिलो कार्यकाल २०१८ मा सकाएर नेपाल फर्किएका न्यौपाने २०२३ मा दोस्रो कार्यकालका रूपमा पुनः कोरिया आएका हुन्।
भिसा अवधि सकिन अझै छ महिनाबाँकी रहँदै २०१८ मा “अब कोरिया नफर्किने” निर्णयसहित उनी नेपाल फर्किएका थिए।
नेपाल फर्किएपछि उनी विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिकाबाट मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार बनेका थिए।
त्यसपछि सोही वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट समेत उम्मेदवार बनेका थिए।
“देशको अवस्था नै पुनः कोरिया फर्किन बाध्य बनायो”
देशको अस्थिरता, बेरोजगारी र आर्थिक कठिनाइका कारण उनी पुनः रोजगारीका लागि कोरिया फर्किएको बताउँछन्। कोरियामा रहँदै उनले पुनः आफ्नो कलात्मक रुचिलाई निरन्तरता दिने उद्देश्यका साथ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
कमल न्यौपानेको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। उनले दर्शक र शुभेच्छुकहरूलाई भिडियो हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन्।
