भक्तपुर, कात्तिकः चक्रपाणि स्मारक प्रतिष्ठानले १४३औँ चक्रपाणि जन्मजयन्तीको अवसरमा तीन जना साहित्यकारलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।
प्रतिष्ठानले भक्तपुर सूर्यविनायक–५, कटुञ्जेस्थित चक्रपाणि समारकस्थलमा आयोजना गरेको जन्मजयन्ती एवं सम्मान कार्यक्रममा प्रा डा दयाराम श्रेष्ठलाई रु २० हजारसहितको चक्रपाणि स्मरण पुरस्कार–२०८२ बाट सम्मान गरिएको छ ।
कार्यक्रममा वाङ्मयको श्रीवृद्धिमा टेवा पु¥याउने साहित्य साधकलाई प्रदान गरिँदै आएको गोमाश्री वाङ्मय पुरस्कार–२०८२ साहित्यकार रामशरण न्यौपानेलाई प्रदान गरिएको छ ।
त्यस्तै साहित्यसेवा एवं चक्रपाणि स्मारक प्रतिष्ठानका संस्थापक उपाध्यक्ष बैजनाथ चालिसे र उनकी धर्मपत्नीको नाममा स्थापित बैजनाथ–सुशिला प्रोत्साहन पुरस्कार–२०८२ बेजनाथ–सुभद्रा प्रोत्साहन पुरस्कार–२०८२ साहित्यका आयुस्मान श्रेष्ठ र युनिहा अछामीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ निबन्धकार एवं साहित्यिक पत्रकार रोचक घिमिरेले सम्मानित व्यक्तित्हरूलाई सम्मान प्रदान गर्नुभयो । साहित्यका घिमिरे, डा बालाकृष्ण अधिकारी, डा शैलेन्दुप्रकाश नेपालले पुरस्कृति व्यक्तित्वहरूको साहित्यिक योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा कवि, सञ्चारकर्मी एवं चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषद्वारा सम्पादित ‘चक्रपाणि’ साहित्य वार्षिक, निबन्ध विशेषाङ्क लोकार्पण गरिएको छ । उक्त विशेषाङ्कमाथि डा यादेवी अधिकारी र कवि एवं कथाकार लक्ष्मी थापाले समीक्षा गर्नुभएको थियो । विशेषाङ्कमा विसं १९९४ देखि २०५४ मा जन्मेका निबन्धकारहरूका २८ निबन्ध सङ्ग्रहित रहेको कार्यकारी सम्पादक आशुतोषले बताउनुभयो ।
कार्यक्रममा कवि विजय लुइँटेल, राजु झल्लु प्रसाद, रजनी मिला, प्रजेश खड्का, शोभा सरभ, वसन्त नकर्मी, रहेना नकर्मी मानन्धर, मञ्जु सिंह, पदम दाहाललगायत विभिन्न विद्यालयका छात्रछात्राहरूले कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति राममणि ढुङ्गेलले चक्रपाणि स्मारक प्रतिष्ठानले गर्दै आएको साहित्यिक गतिविधिमाथि प्रकाश पार्दै चक्रपाणि चालिसको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।
