काठमाडौँ, २४ कात्तिकः दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) ले पहिलोपटक आयोजना गरेको ‘कोरियन एजुकेसन फेयर’ काठमाडौँमा सम्पन्न भएको छ ।
मेलामा सहभागी विद्यार्थीले कोरियाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी शैक्षिक कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर र भविष्यका रोजगारी सम्भावनाबारे जानकारी लिएका थिए ।
कार्यक्रमका लागि डाइवोन विश्वविद्यालय कलेज, वेओन आर्ट विश्वविद्यालय र दोङ–युइ विश्वविद्यालयका पदाधिकारीे नेपाल आएका थिए । यस्तै नामसेयुल विश्वविद्यालयका प्रतिनिधिले अनलाइन परामर्श दिएका थिए । सहभागी विद्यार्थीले प्रत्यक्ष परामर्शका साथै सोहीस्थलमै शतप्रतिशतसम्म छात्रवृत्ति पाएका थिए ।
आयोजक नेक्साका अध्यक्ष सन्तोष खनालले मेलाले दक्षिण कोरियालाई एक आकर्षक अध्ययन गन्तव्यका रूपमा विद्यार्थीमाझ चिनाएको बताउँदै चुनौतीका बीच मेला सफल भएको प्रतिक्रिया दिनुभयो ।
–––

