दिन पर दिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, संगीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक भएको छ । विदेशी भूमिमा व्यस्त जीवन व्यथितको बाबजूद पनि नेपाली गीतसंगीतलाई माया गरि एकपछि अर्को भिडियो दर्शक, श्रोता माझ पस्कने क्रममा उनको यो पछिल्लो ‘शारदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक भएको हो । एडवर्ड थापाको स्वर रहेको गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेललाई क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको छ भने यसमा छायांकन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ । अभिनेता ईश्वर थापाले गत महिना बडा दशैंको अवसर पारेर ‘दशैंको टिका’ गीतको भिडियो सार्वजनिक गर्नु भएको थियो ।
https://www.youtube.com/watch?v=f03liwuqqME
