रमेश सिवाकोटी
सौल/ दक्षिण कोरिया ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा कोरियाको प्रसिद्ध सहर सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभाहलमा आयोजित साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा भव्य र सभ्यरूपमा सम्पन्न भयो। शुक्रबार नोभेम्वर १४ ताकिका दिन बेलुकी सम्पन्न भएको कार्यक्रममा सहभागीहरूले कार्यक्रमका उद्देश्य, लक्ष्य र औचित्य पूरा रुपमा सफल भएको मूल्याङ्कन गरेका छन्।

कार्यक्रमको सबैभन्दा महत्वपूर्ण मोडका रूपमा रहेको अन्तरक्रिया सत्रमा उठेका संवेदनशील प्रश्नहरू मन्त्री खरेलले एकमुष्ट, स्पष्ट र तथ्यपुर्ण ढङ्गले सम्बोधन गरे


मन्त्री खरेलले भने—“वैदेशिक भूमिमा बसेका नेपालीले भोगिरहेको समस्या वास्तविक र गम्भीर छ। उनको यस भनाइले हलमा उपस्थित सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पायो।

सहभागीहरूले कोरियामा रहेका नेपालीले दशकौँदेखि भोग्दै आएका जटिल समस्या प्रत्यक्ष रूपमा राख्न पाएका थिए। उनले प्रवासी नेपालीको योगदानलाई राष्ट्रले औपचारिक रूपमा सम्मान र पहिचान गर्नुपर्ने आवश्यकता पनि जोड दिए।

सुवनस्थित सभाहलमा सम्पन्न कार्यक्रमलाई सहभागीहरूले अत्यन्तै व्यवस्थित, सभ्य र शालीन वातावरणमा सम्पन्न भएको बताए। मन्त्री खरेलले पनि कार्यक्रमको सञ्चालन, सहभागीहरूको सक्रियता र संवादको शैलीको प्रशंसा गरे।

उनले प्रवासी नेपालीको योगदानप्रति सरकार कृतज्ञ रहेको भन्दै यस्ता प्रत्यक्ष संवाद कार्यक्रम निरन्तर जारी रहने विश्वास दिलाए।

राजदूतको कार्यसैलि र ब्यबहार प्रति फेरि प्रश्न उठ्दा मन्त्री खरेलले निरन्तर असन्तुष्टि देखिए राजदूत फिर्ता बोलाउनुपर्ने संकेत दिँदै भने—
“यदि राजदुतको निरन्तर असन्तुष्टि, गुनासो र औपचारिक ज्ञापनहरू आउँदै गए सरकारले राजदूतका सम्बन्धमा सोच्न सक्छ। सेवा सुधार अब अनिवार्य छ।”

कार्यक्रमको अन्त्यमा पत्रकार महासंघ दक्षिण कोरिया शाखाका कार्यबाहक अध्यक्ष सन्तोष खड्काले अन्तिम धन्यवाद सम्बोधन गर्दै भने—“कार्यक्रमभर सक्रिय सहभागिता जनाइदिनुभएकोमा सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस कार्यक्रमले हाम्रो उद्देश्य—यहाँ रहेका नेपालीका वास्तविक समस्या उजागर गर्दै सम्बोधनको दिशामा सकारात्मक वातावरण निर्माण गर्ने—पूर्ण रूपमा सफल भएको छ।”


