गायक प्यासीलाई विशेष नागरिक अवार्ड

मनोरन्जन
काठमाडौं ३ मंसिर । सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९ औं वार्षिकोत्सव तथा पाँचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ चलचित्र विकास बोर्ड, चाबहिलमा प्रतिनिधि सभाका उप सभामुख मा. ईन्दिरा राना मगरको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष याम जिसिको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली संगीत वजारमा स्वर, संगीत र शब्दको कौशलता मार्फत श्रोताको मन मस्तिस्कमा बस्न सफल गायक भुवन प्यासी विशेष नागरिक अवार्ड २०८२ पुरस्कृत हुनु भएको छ ।
प्रस्तोता पनाह अधिकारीद्धारा सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ शिक्षाविद् प्रा.डा.चिरञ्जिवी शर्मा, मा. सोमनाथ पाण्डे, वरिष्ठ ब्यवसायी तथा समाजसेवी दिपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वीर अस्पतालका प्रमुख सल्लाहकार डा. बद्रि रिजाल, जन चेतना समाज परिवर्तन नेपालका अध्यक्ष मुना निरौला त्रिपाठी लगायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसै गरी राष्ट्रव्यापी रुपमा आयोजना गरिएको पाँचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ प्रतिष्पर्धात्मक प्रतियोगितामा निर्णायक सदस्यहरुमा मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजन सञ्चालक पनाह अधिकारी, चलचित्र लेखक र निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का, टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटी काका” निर्णायक सदस्य रहनु भएको थियो । यसअघि पनि लोकप्रिय गायक भुवन प्यासीले राष्ट्रिय स्तरका बिभिन्न संघ संस्थाबाट अवार्ड, पुरस्कार र सम्मानहरू पनि हात पारिसक्नु भएको छ । यसको अलावा विभिन्न प्रतिष्पर्धात्मक प्रतियोगिता कार्यक्रमहरूमा निर्णायकको भूमिका पनि निर्वाह गरि सक्नु भएको छ । भुवन प्यासीले गायका र संगीत रचना गरेका दर्जनौ गीतहरू बजारमा आईसकेका छन्।