काठमाडौँ, ९ मङ्सिर : गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेका घटनालाई सरकारले फरक कोणबाट अध्ययन गरिरहेको र त्यसका लागि सुरक्षा निकायले सक्रिय रूपमा काम गरिरहेको बताउनुभएको छ ।
रुपन्देहीमा जेनजी नेपाल समूहका केही युवाहरूको आज ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले सुरक्षा निकायले गर्ने निष्पक्ष छानबिनमा सबै पक्षले सघाउनुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले आन्दोलनको निष्पक्ष छानबिन हुने विश्वास दिलाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा जेनजी प्रतिनिधिहरूले साथीहरू अझै पनि घर बाहिर निस्केर हिँड्न सक्ने अवस्था नरहेकाले त्यसका लागि सहज वातावरण निर्माण गरिदिन गृहमन्त्रीलाई आग्रह गरेका थिए । जेनजी रुपन्देही नेपालका सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री आर्याललाई ज्ञापनपत्र बुझाएका थिए ।
