भावना कार्की
सौल/ दक्षिण कोरिया ।
आज मिति २०२५ डिसेम्बर १४ का दिन दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई एकतामा बाँध्ने उद्देश्यका साथ “नेपाली श्रमिक तथा विद्यार्थी युनियन” आधिकारिक रूपमा गठन गरिएको छ।
कोरियामा रहेका श्रमिक र विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य र सहअस्तित्वलाई मजबुत बनाउँदै हक–अधिकार, समस्या तथा आवश्यक विषयहरूमा साझा आवाज उठाउने उद्देश्यले युनियन स्थापना गरिएको हो। साथै, नयाँ आउने श्रमिक तथा विद्यार्थीहरूलाई आवश्यक सहयोग, जानकारी र मार्गदर्शन प्रदान गर्दै समाजमा सकारात्मक, अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्ने युनियनको प्रमुख लक्ष्य रहेको छ।
युनियनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि निम्न कार्यसमिति गठन गरिएको छ कार्यसमिति विवरण
अध्यक्ष: डा. केशवराज भट्टराई
वरिष्ठ उपाध्यक्ष: प्रदिप भट्टराई
उपाध्यक्ष: सुर्य भट्टराई
महिला उपाध्यक्ष: राधा थापा
महासचिव: आयुषा पाण्डे
सचिव: प्रकाश कार्की
कोषाध्यक्ष: टेक बहादुर बटला
सह–कोषाध्यक्ष: कमल भुजेल सदस्यहरू
ईश्वर देवकोटा
टिमोथी भण्डारी
रोशन पौडेल
रमेश गुल्मी
रमेश लामिछाने
विध्यनन्द सोनी
आयुष मगर
सचिन नेपाल
सुनिल धामी
तारामाया लामा
सारज्य महत
करिश्मा श्रेष्ठ
दिपशीखा दनाई
नवगठित युनियनले आगामी दिनहरूमा कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक तथा विद्यार्थी दाजुभाइ–दिदीबहिनीहरूको सहयोग, सुझाव र सक्रिय सहभागिताको अपेक्षा गरेको छ। सबैको सामूहिक प्रयासबाट युनियनलाई प्रभावकारी, उत्तरदायी र उदाहरणीय संस्थाका रूपमा स्थापित गरिने विश्वास लिइएको छ।
