सियोलमा ‘नेपाल बियन्ड बोर्डर्स : कोरिया–नेपाल प्रवासी सम्मेलन २०२५हुँदै

कोरियाअपडेट

बिष्णु गुरुङ

सौल/ दक्षिण कोरिया 

कोरियामा रहेका नेपाली प्रवासीहरूको भूमिका, लगानी क्षमता र नवप्रवर्तनलाई नेपालको दीर्घकालीन विकाससँग जोड्ने उद्देश्यका साथ ‘नेपाल बियन्ड बोर्डर्स : दक्षिण कोरिया–नेपाल प्रवासी सम्मेलन २०२५’ आगामी २१ डिसेम्बर २०२५ मा सियोलस्थित होटेल स्काइपार्क मा आयोजना हुने भएको छ।

एमआईटी ग्रुप फाउन्डेसन र युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO) को संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा कोरियामा क्रियाशील नेपाली उद्यमी, पेशाकर्मी, लगानीकर्ता, सामाजिक अगुवा तथा नीति तहका प्रतिनिधि गरी १५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालमा जिम्मेवार लगानी र उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो।