काठमाडौं ४ पौष । अमेरिकास्थित नेपाली अमेरिकन सोसाइटी अफ इन्टरटेनमेन्ट एण्ड आट्र्सले गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ । संस्थाका अध्यक्ष तथा प्रथम नेपाल सरकारका पर्यटन दूत, संस्थाका सल्लाहकार एवं सामाजिक अभियन्ता राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङले अमेरिकाको एट्लान्टा जर्जियामा आयोजित कार्यक्रममा राईलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा सत्यकला राईले पुराउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ ।
गत हप्ता ग्लोबल पिपल एलायन्स ‘जिपिए’ले गायिका राईलाई शान्ति राजदूतको रुपमा बिशेष सम्मान गरिएको थियो । कल्याण फाउन्डेशनको सह–आयोजनामा भएको कार्यक्रममा गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरिएको थियो ।