प्रमुख अतिथि डा. बरालले शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको गीत रहेको बताउनुभयो । यस्तै अन्य अतिथिले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै सशक्त राम्रो रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । गायक रमेशले सबैको प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याएको बताउनुभयो ।
कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई फिचरिङ गरिएको छ । यस्तै, भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय रहेको छ । वासु बरालको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा राकेश दाहालको दृश्य सम्पादन र कलर छ । गीतको भिडियो रमेश पाठक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । पाठकको स्वरमा विविधता छ । सोहीअनुरूप नै उहाँले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याइरहनुभएको छ, जुन श्रोता/दर्शकले मन पराइरहेका छन् । पाठकले समसामयिक, चेतनामूलक, व्यावसायिक एवं विविध किसिमका गीत गाउँदै आइरहनुभएको छ ।
