युद्धविरामले शान्तिको मार्ग प्रशस्त गर्ने संयुक्त राष्ट्रसंघको अपेक्षा

अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसङ्घले थाइल्यान्ड र कम्बोडियाबीच शनिबार भएको युद्धविरामले अन्ततः दुई देशबीच विश्वास निर्माण र शान्ति कायम गर्ने विश्वास व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले थाइल्यान्ड र कम्बोडियाले युद्धविराम पुनः सुरु गरेको समाचारको स्वागत गर्दै भन्नुभएको छ। “यसले विश्वास निर्माण र शान्तिका लागि मार्ग प्रशस्त गर्नेछ।”

उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “प्रभावित समुदाय र आप्रवासीहरूले सुरक्षित रूपमा घर फर्कन आवश्यक सबै सहयोग पाउनुपर्छ ।”

तोपखाना, ट्याङ्क, ड्रोन र जेट विमानको तीन हप्ताको सीमा भिडन्तमा दुबै देशका गरी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
–––