डा शाक्यको ‘मेरो गीतभित्र’ बजारमा

मनोरन्जन समाचार

काठमाडौँ, १३ पुस: राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।

‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’ ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाउनुभएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याउनुभएको हो ।

इजरायलका लागि पूर्वनेपाली राजदूत डा शाक्यले इञ्जिनीयर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराउनुभएको हो । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गर्नुभएको छ । कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा शाक्यको स्वर रहेको छ भने सङ्गीत डा शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गर्नुभएको छ ।