बिष्णु गुरुङ
सौल/ दक्षिण
/दक्षिण कोरियामा क्रियाशील नेपाली फुटबल क्लबहरूको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरिया को तेस्रो अधिवेशन सन् २०२६ जनवरी १८ तारिख आइतबार का दिन दक्षिण कोरियाको राजधानी सौलस्थित दोंग्देमुन मा आयोजना हुने भएको छ।
“प्रवासी भूमिमा नेपाली फुटबलप्रेमीहरूको एकता र विकासको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापना भएको महासंघले प्रवासी नेपालीहरूबीच फुटबलमार्फत संगठनात्मक एकता, विकास र लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने उद्देश्य राख्दै आएको छ।
उक्त तेस्रो अधिवेशनमा दक्षिण कोरियामा क्रियाशील नेपाली फुटबल क्लबहरूका प्रतिनिधिहरू, फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरू, पुरुष तथा महिला फुटबल खेलाडीहरू, साथै सम्पूर्ण फुटबलप्रेमी महानुभावहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
महासंघले अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न फुटबल क्षेत्रमा संगठनात्मक एकता, विकास र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने उद्देश्यसहित सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई एकजुट हुन आह्वान गरेको छ।
नेपाल फुटबल महासंघ दक्षिण कोरियाले यस अधिवेशनमार्फत प्रवासी भूमिमा नेपाली फुटबलको पहिचान, सहयोग, सहकार्य र भावनात्मक एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
