पत्रकार महासंघ दक्षिण कोरियाको ८औँ अधिवेशन भोलि, प्रमुख अतिथि केन्द्रीय अध्यक्ष निर्मला शर्मा

कोरियाअपडेट


नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ८औँ अधिवेशन भोलि आइतबार भव्य रूपमा सम्पन्न हुने भएको छ। अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनुहुनेछ।

त्यसैगरी, विशेष अतिथिका रूपमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य पनि कार्यक्रममा जोडिनुहुनेछ।

अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कार्यबाहक अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यसमितिको विशेष टोली सियोल पुगिसकेको छ।

अधिवेशन कार्यक्रम भोलि मध्याह्न १२ बजेबाट सुरु हुनेछ।