मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी – ९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।
पत्रकारहरुसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० लाख मानिसहरूलाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्दै सुडानको सम्पूर्ण क्षेत्रमा सङ्कट फैलिएको जनाउनु भएको छ ।
उहाँले सुडानले विश्वको सबैभन्दा ठुलो विस्थापन सङ्कटको सामना गरिरहेको कुरामा जोड दिदै “९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाख भन्दा बढी सीमापार भागेको बताउनु भएको छ ।
ओसिएइचएका अनुसार एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तिमा २० अन्य क्षेत्रहरू जोखिममा छन् । “हाल देशभरि दुई करोड १० लाखभन्दा बढी मानिसहरू तीव्र रूपमा खाद्य असुरक्षामा रहेको अनुमान गरिएको लेर्केले उल्लेख गर्नु भयो ।
महिला तथा बालबालीकाले सबैभन्दा ठुलो बोझ झेलिरहेको बताउदै । “महिला–नेतृत्व भएका परिवारहरूले खानाको लागि पर्याप्त नभएको उल्लेख गर्दै भोकमरी बढ्दै गइरहेको उल्लेख गर्नु भएको छ ।
लार्केले संयुक्त राष्ट्रले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको बताउनु भएको छ ।

