काठमाडौँ । गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठानले यस वर्ष २०८२, प्रदान गरिने विभिन्न साहित्यिक सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ। प्रतिष्ठानको हालै सम्पन्न बैठकले साहित्य क्षेत्रका तीन विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। प्रतिष्ठानले गरेको निर्णयअनुसार यस वर्षका पुरस्कार तथा सम्मान प्राप्त गर्ने साहित्यकारहरू गुणनिधि पन्त स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार युवराज मैनाली, धनलक्ष्मी पन्त स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार शिला पन्त र विष्णुप्रसाद पन्त वाङ्मय सम्मानबाट वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी रहेका छन् । प्रतिष्ठानका सचिव डा. विष्णु के.सी. द्वारा जारी विज्ञप्ति अनुसार, घोषित पुरस्कार तथा सम्मान आगामी २०८२ साल फागुन १ गते एक विशेष समारोहका बीच अर्पण गरिनेछ। लामो समयदेखि नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउँदै आएका स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले यी पुरस्कारहरू स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ।

