काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी रहेको छ। बिहीबार मध्याह्न नवनिर्वाचित सभापति गगनकुमार थापाको सभापतित्वमा कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बैठक बसेको हो। बुधबार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। केन्द्रीय कार्यसमितिको बैठकपछि थापापक्ष निर्वाचन आयोगमा जाने तयारी गरेको छ। कांग्रेसको संस्थापनपक्षले बुधबार थापासहित विश्वप्रकाश शर्मा र फर्मुल्ला मन्सुरलाई कारबाही गरेको थियो। उनीहरूमाथिको कारबाहीको पत्र संस्थापनपक्षले बुधबार नै निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।

