श्रष्टा अधिकार तथा बिक्रिति विसंगतिहरुको न्युनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम” सम्पन्न

मनोरन्जन साहित्य

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा “सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत-संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्युनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम सम्पन्न भएकोछ । अनामनगर स्थित सिलौटो कटेजको हलमा सम्पन्न कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकि प्रमुख रजिस्ट्रार सबिता कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नारायण बहादुर थापाको सभापतित्व एवं संस्थाका महासचिव सनम कठायतको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा हक अधिकार र कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक भै सरकारलाई घचघच्याउनु पर्ने बताउनुभयो। प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्नुहुँदै प्रमुख रजिस्ट्रार कार्कीले यस्ता कार्यक्रमले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने बताउनुभयो। संस्थाका सल्लाहकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेस अधिकारीले रोयल्टीका विविध पाटोबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा सल्लाहकार टेक तामांग, रोयल्टी संकलन समाजका महासचिव बसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पा लगायतका वक्ताहरुले गीत संगीत भित्रका विकृति विसंगति, त्यसका निराकरणका उपाय, श्रष्टा अधिकार, सचेतना, रोयल्टी ब्यबस्थापनका चुनौती र पछिल्लो समय देखिएको एआई प्रविधिको विकास र त्यसका असर अवसर र चुनौती लगायतका विविध विषयमा प्रकाश पार्नुभएको थियो। संस्थाभित्रका कार्यसमितिका पदाधिकारी लगायत ललितकलाका विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा कार्य समितिले निर्णय गरि विधान अनुसार मनोनयन गरेका सल्लाहकारज्युहरुलाई मनोनयन-पत्र प्रदान गरिएको थियो भने संस्थाका अध्यक्ष नारायण बहादुर थापाले यस्ता कार्यक्रमहरु श्रष्टा हकहितका लागि फलदायी रहने र आगामी दिनमा पनि निरन्तर लागिरहने बताउनुभयो ।