सियोल । “प्रवासमा कालिकोटको एकता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा रहेका कालिकोटवासीहरूलाई एकताबद्ध गर्दै आपसी सद्भाव, सहकार्य र सहयोगलाई मजबुत बनाउने उद्देश्यले कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ।
कालिकोट जिल्लाबाट विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका कालिकोटवासी तथा समग्र नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने हेतुले उक्त अधिवेशन आयोजना गर्न लागिएको समाजले जनाएको छ।
अधिवेशन सन् २०२६ फेब्रुअरी १५ (आइतबार) का दिन मध्यान्ह ठीक १२:०० बजे राजधानी सियोलस्थित (새마을 은행) 서울특별시 종로구 창신길 51 (창신동) 5층 मा सम्पन्न हुनेछ। कार्यक्रम स्थल दोङ्देमुन गेट नम्बर १ बाट करिब १५० मिटर भित्र रहेको छ।
कालिकोट समाज दक्षिण कोरियाले उक्त अधिवेशनमा कोरियामा रहेका सम्पूर्ण कालिकोटवासीहरूका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

