नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको तेर्सो अधिवेसन समपन्न

कोरियाअपडेट

रमेश सिवाकोटी
दक्षिण कोरिया ।

नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको तेस्रो महाधिवेशनबाट हेमन्त गुरुङ सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ। १८ तारिख सम्पन्न महाधिवेशनले तमू धीं ख्याङसाङनाम्दो बुसान शाखाका उपाध्यक्ष तथा समाजसेवी व्यक्तित्व गुरुङलाई महासंघको नेतृत्व सुम्पिएको हो।

खेलकुद विकासप्रति निरन्तर सक्रिय र मिलनसार व्यक्तित्वका रूपमा परिचित गुरुङको नेतृत्वमा दक्षिण कोरियामा रहेका नेपाली फुटबलप्रेमीहरूलाई अझ संगठित गर्दै फुटबलको प्रवर्द्धनमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

  • अध्यक्ष: हेमन्त गुरुङ
  • वरिष्ठ उपाध्यक्ष: सुवास लामा
  • महिला उपाध्यक्ष: कमला साउद
  • उपाध्यक्ष: सरन राई
  • महासचिव: युवेन तुम्वापो
  • सचिव: राज मेस्सि
  • कोषाध्यक्ष: मिन आले मगर
  • सह–कोषाध्यक्ष: तेजु गुरुङ

सदस्यहरू:

युमेश गुरुङ, भास्कर लामिछाने, रोमन आचार्य र बिजु लिम्बु