रञ्जन कुँवर।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) का अध्यक्ष महेश श्रेष्ठको सक्रिय पहलमा दक्षिण कोरियामा क्रियाशील दुई एनआरएन समूहबीच सहमति जुट्दै संगठन एकताबद्ध दिशातर्फ अघि बढ्ने वातावरण बनेको छ। लामो समयदेखि देखिँदै आएको विवाद, असमझदारी तथा संगठनात्मक अन्योललाई समाधान गर्ने उद्देश्यसहित दुवै पक्षबीच संवाद र समन्वयलाई तीव्रता दिइएको हो।
महेश श्रेष्ठको पहलमा भएको छलफलपछि संगठनलाई विधानअनुसार सञ्चालन गर्दै संस्थागत स्थायित्व कायम गर्ने विषयमा साझा समझदारी बनेको जनाइएको छ। आपसी अविश्वास र मतभेदका कारण कमजोर बन्दै गएको संगठनलाई पुनः सुदृढ बनाउने दिशामा यो सहमति महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
एनआरएन आईसीसी अध्यक्ष श्रेष्ठले सबै पक्षलाई आपसी संवाद, समझदारी र साझा लक्ष्यमा केन्द्रित हुन आग्रह गर्दै संगठनको वास्तविक शक्ति एकतामै निहित रहेको बताएका छन्। उनले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर समग्र गैरआवासीय नेपाली समुदायको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार एकीकृत एनआरएनले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण, समस्या समाधान र मातृभूमिसँगको सम्बन्ध सुदृढ गर्न अझ प्रभावकारी भूमिका खेल्न सक्नेछ। हालको सहमतिले कोरियामा रहेका नेपाली समुदायबीच सकारात्मक सन्देश प्रवाह गर्नुका साथै एनआरएनको भविष्यलाई स्थायित्वतर्फ डोर्याउने अपेक्षा गरिएको छ।