कांग्रेस नेता डा कोइरालाद्वारा मोरङ क्षेत्र नं ६ मा उम्मेदवारी दर्ता

प्रशासन राजनीति समाचार

मोरङ, ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँले मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दिनुभएको हो । उहाँसँगै यहाँ विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यहाँ नेकपा (एमाले) बाट विनोदप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सविन निरौलालगायतले मनोनयन पत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।